News Portal

  • १२१५ जना नेपाल आए, ५६ जना विदेशिए

    आर्थीकसंसार संवाददाता
    ९५६ पटक

    काठमाडौं । त्रिभुवन विमानस्थलमा १२ अन्तराष्ट्रिय उडान–अवतरण सम्पन्न भए । कुल १२१५ जना यात्रु काठमाडौं अवतरण गरे । ५६ जना यात्रु भने विदेश उडेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हिमालय एयरलाइन्सले क्वालालाम्पुरबाट १५३ जना नेपालीलाई स्वदेश फर्काएको छ ।
    सोही कम्पनीको जहाजले दोहाबाट १५३ जनालाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले दोहाबाट १५१ जना यात्रुलाई काठमाडौं ल्याएको छ । मंगलबार नै जापानको नारिताबाट नेपाल एयरलाइन्सले ३ बच्चासहित २६४ जना नेपालीलाई घर फर्काएको छ । यो जहाजले १५४७ केजी कार्गाेसमेत नेपाल ल्याएको छ ।
    एयर अरेबियाले सारजहाबाट १६५ जनालाई काठमाडौं ल्याएको छ । फ्लाई दुबईको जहाजले दुबईबाट १५६ र मालिन्दो एयरले क्वालालाम्पुरबाट १७६ जनालाई काठमाडौं ल्याएको छ । फ्लाई दुबई फर्कंदा भने ५५ जनालाई बोकेर दुबई उडेको छ ।
    यो जहाजले २४५ किलो कार्गो समेत नेपाल ल्याएको छ । इनचानबाट एशियाना एयर कार्गो बोकेर काठमाडौं आएको छ । आजै नेपाल एयरलाइन्सको एक जहाज दोहो र अर्को जहाज दुबई उडे । उता, हिमालयको एक जहाज दमाम र अर्काे जहाज आवुधावी उडेका छन् । यी जहाज बुधबार र्फकने छन् ।
    त्रिभुवन विमानस्थल कार्यालयकाअनुसार बुधबार भने १५ अन्तराष्ट्रिय उडान–अवतरणको तालिका रहेको छ । मंगलबार विभिन्न गन्तब्यमा उडेका चार नेपाली जहाज बुधबार र्फकनेछन् । बुधबार हिमालय एयरलाइन्सको जहाज इराकको राजधानी बगदाद जाने भएको छ । यो जहाज बुधबार नै र्फकनेछ । बुधबार फ्लाइ दुबईले दुबईबाट, एयर अरेबियाले सारजहाबाट, कतारले दोहाबाट, भुटान एयरलाइनसले पारोबाट काठमाडौं आउने गरी अनुमति लिएका छन् ।

    प्रतिकृया दिनुहोस्