News Portal

  • न्यादी हाइड्रोपावरले बोलायो चैत ६ गते साधारण सभा

    आर्थीकसंसार संवाददाता२२ माघ, २०७९
    ४६० पटक
    २२ माघ, २०७९

    काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले लाभांश बिनै चैत ६ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले सो दिन सभा बस्ने निर्णय गरेको हो ।
    सभा ब्याङक्वेट बबरमहल, काठमाडौंमा विहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।
    सभाले सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।
    त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने एक जान र महिला संचालक सहित दुई जना संचालकहरुको निर्वाचन गर्ने गर्ने तयरी गरेको छ ।
    कम्पनीले सभा प्रयोजनका लागि फागुन १९ गतेदेखि चैत ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । सोहि अनुसार फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्