News Portal

  • शिखर इन्स्योरेन्सले चार स्थानमा कृषि, पशुपन्छी तथा जडिबुटी अभिकर्ता तालिम सञ्चालन गर्दै

    आर्थीकसंसार संवाददाता२० माघ, २०७९
    ३७८ पटक
    २० माघ, २०७९

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै देशभरिका विभिन्न स्थानमा फरक–फरक समय स्थानमा उक्त तालिम प्रदान गर्न लागेको जनाएको छ ।
    माघ २९ गतेदेखि फागुन २ गतेसम्म बुटवलमा, फागुन २८ गतेदेखि ३० गतेसम्म विरगञ्जमा, चैत १२ गतेदेखि १४ गतेसम्म सुर्खेतमा र चैत २६ गतेदेििख २८ गतेसम्म विराटनगरमा तालिम संचालन गर्न लागेको हो । उक्त अभिकर्ता तालिममा सहभागि हुन ईच्छुक उम्मेदवारले आवश्यक कागजात पत्र सहित कम्पनीका तालिम सञ्चालन हुने सम्बन्धीत शाखामा आवेदन दिन कम्पनीले भनेको छ ।

    प्रतिकृया दिनुहोस्