News Portal

  • प्रदेश १ मा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७९
    ३०५ पटक
    १८ माघ, २०७९

    काठमाडैं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रदेश एकको विभिन्न पाँच स्थानमा “ महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ” कार्यक्रम सम्पन्न गरेको छ । समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई स्वरोजगार बनाई आय आर्जनको बारेमा अग्रसर गराउने उद्देश्यले माघ १३ गतेबाट संचालित कार्यक्रम चन्द्रगढी, विर्तामोड, इटहरी, धरान र विराटनगरमा सम्पन्न भएको छ ।
    भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्कीको अध्यक्षतामा माघ १३ गते चन्द्रगढीमा संचालित कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो । उपमेयर कार्कीले महिलाहरुको आर्थिक सामाजिक विकासको लागि संचालित कार्यक्रममा भद्रपुर नगरपालिका महालक्ष्मी लाइफसँग मिलेर काम गर्न तैयार रहेको धारणा व्यक्त गरे ।
    गुञ्जन थापाले स्वागत मन्तव्य राखेको अन्तरक्रिया कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई , बजार प्रमुख प्रशान्तराज धमला, चन्द्रगढी कार्यालय प्रमुख गीर्वाण भट्टराई र ९ नम्बर वडा सदस्य मंजु राउत खड्काले कार्यक्रमको महत्व र उपयोगिता बारेमा प्रकाश पारेका थिउ ।
    माघ १४ गते विर्तामोडमा अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य चन्दा तामाङको अध्यक्षतामा सम्पन्न उत्प्रेरणा कार्यक्रममा १४० भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार भट्टराईले बीमा जस्तो परोपकारी काममा सहभागि भई घरको जिम्मेवारी बहन संगै मनग्य आय आर्जन गर्न सकिने बीमा व्यवसायमा संलग्न हुन महिलाहरुलाई आग्रह गरे ।
    कार्यक्रममा कम्पनीका बजार प्रमुख प्रशान्तराज धमला, कम्पनीका गुञ्जन थापा, गंगाराम थापा, जेसिस अध्यक्ष सुस्मा पौडेल र बोर्डिङ प्रिन्सिपल भास्कर भट्टराईले कार्यक्रमको महत्व बारेमा प्रकाश पार्दै सफलताको शुभकामना व्यक्त गरे ।
    त्यसैगरी माघ १६ गते विराटनगरमा हरिनगरा गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगतको अध्यक्षतामा महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो । ९० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा मंजु भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।
    सहभागिहरुलाई महिला अधिकार कर्मी शान्ति पाख्रिन, प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, बजार प्रमुख प्रशान्तराज धमला, उपक्षेत्रिय प्रमुख हिरा निरौलाले बीमाको माध्यमले महिलाहरुलाई सक्रिय हुन र आय आर्जनको बाटोमा अग्रसर हुन प्रेरणा प्रदान गरे ।
    महालक्ष्मी लाइफले माघ १५ गते इटहरी र धरानमा पनि महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम संचालन गरेको थियो। स्थानिय महिला नेतृको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र बजार प्रमुखले उत्प्रेरणात्मक मन्तव्य राखेका थिए ।
    माघ १५ गते नै ललितपुरको कुमारीपाटीमा पनि महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम संचालन भएको हो । श्रीमती जीवन देवीको अध्यक्षतामा संचालित उत्प्रेरणा कार्यक्रममा कम्पनीका शाखा प्रमुख अर्चना तण्डुकार, क्षेत्रिय प्रमुख राम प्रसाद भुसाल र नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले महिलाहरु आर्थिक रुपमा सशक्त भएमा मात्र मनोबल बढ्ने र समाजमा नेतृत्व गर्न सक्ने हुने भएकोले बीमाको माध्यमले सक्रिय हुन र आय आर्जन गर्न आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्