News Portal

  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स बनाउन २ कम्पनीले गरे मर्जरकाे अन्तिम सम्झौता, स्वाप रेसियो १००ः८०

    आर्थीकसंसार संवाददाता१७ माघ, २०७९
    ४२२ पटक
    १७ माघ, २०७९

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  माघ १७ गते (आज) २ काठमाडौंकाे लाजिम्पाट स्थित होटल र्याडिसनमा आयोजित कार्यक्रममा यी कम्पनीहरूबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएकाे हाे ।


    सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथा इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहने सहमती भएको छ । मर्जर सम्बन्धी बिशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिनेछ ।
    दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती तथा डिडिए प्रतिवेदनको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १००ः८० कायम भएको छ ।
    साथै दुवै कम्पनीको आव २०७८/०७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणनाा गरी मर्जर पश्चात बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।
    यस्तै, मर्जर पश्चात बन्ने कम्पनीको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहनेछन।
    कम्पनीको सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सबाट मनोहर दास मुल र प्रमुख कार्यकारी अधिकृतमा भने सगरमाथा इन्स्यारेन्सका हालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री रहनेछन् ।

    प्रतिकृया दिनुहोस्