News Portal

  • साना किसान विकास लघुवित्तका संचालकहरुको कार्यकाल थप

    आर्थीकसंसार संवाददाता१६ माघ, २०७९
    ३३५ पटक
    १६ माघ, २०७९

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालकहरुको कार्यकाल थप भएको छ । संस्थाको संचालक समितिको पदावधि सकिन लागेकाले मर्जरपश्चात एकीकृत संस्थाको संचालक समितिको निर्वाचन नभएसम्मको लागि कार्यकाल थप गरिएको कम्पनीले जनाएको छ ।
    संस्थाका संचालकहरु खेम बहादुर पाठक, रविन्द्र यादव, चाँदनी ढकाल, बाबुकाजी थापा, उमेश लम्साल र भुपेश छत्कुलीको कार्यकाल थप भएको हो ।
    संचालक पदाधिकारीहरु बहाल रहने गरी छुट सुविधा पाउन नेपाल राष्ट्र बैंक समक्ष निवेदन गरिएकोमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागको माघ १६ गतेको पत्रबाट उक्त विषयमा संचालकहरुको कार्यकाल थप हुनेगरी स्वीकृत प्राप्त भए अनुसार कम्पनीले संचालकहरुको कार्यकाल थप गरेको हो ।

    प्रतिकृया दिनुहोस्