News Portal

  • प्रिमियममा आईपीओ जारी गर्दै सिटिजन लाइफ, तीन सञ्चालकको नियुक्ति अनुमोदन

    आर्थीकसंसार संवाददाता१६ माघ, २०७९
    ३०७ पटक
    १६ माघ, २०७९

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ जारी) गर्ने भएको छ । उक्त प्र्र्रस्तावलाई कम्पनीको पाँचौ वार्षिक साधारण सभाले पारित गरेको छ ।
    त्यस्तै, सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव ज. व. राणाको नियुक्ति अनुमोदन गरेको छ । साथै, स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको नियुक्ति समेत अनुमोदन भएको छ ।
    सभाले सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।
    सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८/०७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्टस् (वर्तमान लेखापरीक्षक) लाई गरिएको नियुक्ति अनुमोदन गरेको छ ।

    प्रतिकृया दिनुहोस्