News Portal

  • नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १५.७९ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता१६ माघ, २०७९
    २५६ पटक
    १६ माघ, २०७९

    काठमाडौं । नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २७औं सभा कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराइको अध्यक्षतामा सम्पन्न भएको हो ।
    सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
    साथै कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी बृद्धि गर्ने, शेयर संरचना अनुसार संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक चयन गर्ने प्रस्ताव पारित गरेको छ ।
    यसका साथै गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
    साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते बुकक्लोजको मिति तोकेको थियो । यसर्थ माघ २ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।

     

    प्रतिकृया दिनुहोस्