News Portal

  • नेको इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    आर्थीकसंसार संवाददाता१५ माघ, २०७९
    ३८१ पटक
    १५ माघ, २०७९

    काठमाडौं । नेको इन्स्योरेन्सको आफ्नो २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा नक्साल स्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७९ प्रतिशत नगद लाभांश गरि कुल १५ दशमलव ७९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।
    सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नु हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । आर्थिक वर्ष २०७८/७२ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु उपर छलफल गरि उक्त प्रस्ताव पारित गरेको छ ।
    कम्पनी ऐनको दफा १११ बमोजिम आर्थिक वर्ष २०७९ /२०८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, बोनश शेयर जारी गर्दा आउने खण्डित शेयरलाई पछि मिलान गर्ने गरी कम्पनीको हिसावमा राख्ने, निम्न विषयका सम्बन्धमा प्रवन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गरेको छ ।
    उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
    त्यस्तै, सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने सम्बन्धमा, जारी गरिने बोनश शेयरको हदसम्म जारी पूँजी तथा चूक्ता पूँजी बृद्धि गर्ने, शेयर संरचना अनुसार संचालक समितिमा प्रतिनिधित्व गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्