News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई जर्मन होम्स हस्पिटालिटीको सेवामा १० प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता१३ माघ, २०७९
    २५८ पटक
    १३ माघ, २०७९

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भक्तपुरस्थित जर्मन होम्स हस्पिटालिटी बिच विशेष सम्झौता भएको छ । बैंक र हस्पिटालिटीबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो ।
    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए।टि।एम। र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्