काठमाडौं । सनराइज बैंकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तम राज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरेका हुन् ।
बैंकका अनुसार उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक जानकारी, घटना र कथा मार्फत प्रस्तुत गरिएको छ ।
उक्त भिडियो प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशै भरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक संजाल मार्फतसमाजमा पु¥याएर चेतना बढाउन मदत गर्ने जनाएको छ । बैंकिङ्ग पहुच बढ्दै गएको हालको अवस्थामा यसको प्रयोग संगै यसमा सतर्कता अपनाउनु पनि उतिकै आवश्यक देखिएको बैंकले उल्लेख गरेको छ ।
साधारण बैंकिङ्ग सम्बन्धी जानकारीहरुको अभावमा मानिसहरु विभिन्न झमेलामा परिरहेका तथा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई, बैंकिङ्ग र डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सावधानीहरु समेटेर बैंकले “कुशल” नामक चेतनामुलक भिडियो बनाएर केन्द्रीय अनुसन्धान व्यूरोलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
सनराइज बैंकद्धारा सीआइबीलाई चेतनामुलक भिडियो हस्तान्तरण
आर्थीकसंसार संवाददाता१२ माघ, २०७९
१२ माघ, २०७९- ६ महिनामा बैंकहरूले बढाए साढे २ खर्ब लगानी, यी ४ बैंकको घट्यो
- बलत्कार पीडितको उद्धारमा संलग्न संस्थालाई ओरिएण्टलको आर्थिक सहयोग
- संस्थापकले बिक्रीमा राखे एनएमबि बैंकको सेयर, सर्वसाधारणले समेत किन्न पाउने
- क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
- आरविवि मर्चेन्ट बैंकिङको १० औं वार्षिकोत्सव सम्पन्न
- सिटिजन्स बैंक र बाईकर्स क्याफेबीच समझदारी
- लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई दियो २ लाख ४५ हजार
- गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा छुट
- लक्ष्मी सनराइज बैंकको अगुवाईमा घुन्सा खोला जलविद्युत्का लागि जुट्यो लगानी
- चन्द्रागिरी हिल्समा सूर्यज्योति लाइफका एमडिआरटी अभिकर्ताको भव्य सम्मान्