काठमाडौं । नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो ।
अब नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामाग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने भएका छन् ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ । डिजिटल कारोबारमा छुटको व्यवस्थाले नबिल बैंकका ग्राहकलाई थप सहज हुने बैंकका खुद्रा कारोबार प्रमुख निरज शर्माले बताए ।
यस्तो सुविधा लिनको लागि नबिल बैंकको कार्ड आवश्यक पर्नेछ । यो सुविधा सीमित अवधिको लागि दिएको नबिलले जनाएको छ ।
नबिल बैंकका देशभर २ सय ४० शाखा र २ सय ८० एटिएम सञ्जाल छन् । नबिल बैंक नयाँ प्रविधि अपनाउने र नविनतम उत्पादन तथा सेवाहरू लिएको छ । बैंकले देशको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य लिएको छ र नबिल डिजीटल बैंकिङ कारोबारलाई प्राथमिकता दिएको छ ।
नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट अफर
आर्थीकसंसार संवाददाता११ माघ, २०७९
११ माघ, २०७९- बलत्कार पीडितको उद्धारमा संलग्न संस्थालाई ओरिएण्टलको आर्थिक सहयोग
- संस्थापकले बिक्रीमा राखे एनएमबि बैंकको सेयर, सर्वसाधारणले समेत किन्न पाउने
- क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
- आरविवि मर्चेन्ट बैंकिङको १० औं वार्षिकोत्सव सम्पन्न
- ६ महिनामा बैंकहरूले बढाए साढे २ खर्ब लगानी, यी ४ बैंकको घट्यो
- गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा छुट
- लक्ष्मी सनराइज बैंकको अगुवाईमा घुन्सा खोला जलविद्युत्का लागि जुट्यो लगानी
- चन्द्रागिरी हिल्समा सूर्यज्योति लाइफका एमडिआरटी अभिकर्ताको भव्य सम्मान्
- सिटिजन्स बैंक र बाईकर्स क्याफेबीच समझदारी
- लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई दियो २ लाख ४५ हजार