News Portal

  • राष्ट्रिय वाणिज्य बैंकद्वारा दुधौली नगरपालिकाका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७७
    १५८३ पटक
    १९ असोज, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सिन्धुली जिल्लास्थित दुधौली नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतले हस्ताक्षर गरेका छन् ।
    सम्झौतापछि नगरपालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ ।
    समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए । नगर प्रमुख घनश्याम राउतले यस्तो कर्जाको उपभोगबाट नगरबासीले आफ्नो तथा समुदायको आर्थिक स्तर उकास्न सघाउ पुग्ने बताए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले बैंकले राज्यले अवलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौ वटा शीर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए ।

    प्रतिकृया दिनुहोस्