News Portal

  • कुमारी बैंकका ग्राहकलाई माया लाउन्ज एण्ड रेस्ट्रोमा विशेष छुट

    आर्थीकसंसार संवाददाता६ माघ, २०७९
    २३९ पटक
    ६ माघ, २०७९

    काठमाडौं । कुमारी बैंक र माया लाउन्ज एण्ड रेस्ट्रोबीच सम्झौता भएको छ । बैंक र रेष्ट्रोबीच बैंकका ग्राहकलाई माया लाउन्ज एण्ड रेस्ट्रोको सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
    ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत माया लाउन्ज एण्ड रेस्ट्रोका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको बैंकले जनाएको छ ।
    बैंकका डेबिट/क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले उक्त रेस्ट्राको माछापोखरी र मध्य बानेश्वोर शाखाबाट खाना र पेय पदार्थ शुल्कमा १० प्रतिशत र विभिन्न भेला वा समारोहमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
    कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्