News Portal

  • सनराईज बैंकका एक कर्मचारी मृत भेटिए

    आर्थीकसंसार संवाददाता
    ९८९ पटक

    २१ साउन, २०७७
    काठमाडौं । सनराईज बैंकको विराटनगर शाखा कार्यालयमा कार्यरत एक कर्मचारी मृत अवस्थामा भेटिएकी छिन् । विराटनगर–८ सहयोगी टोलकी स्थानीय ३० वर्षीया सनाज खतिवडा कार्यालय हाताभित्र मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको अनुसार कार्यालयमा राखिएको मुसा मार्ने औषधि खाएर हात काटेको अवस्थामा शौचालयमा फेला परेकी थिइन् । उनको नोवेल अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।
    मृतक खतिवडाको शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा लगिएको र घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्