News Portal

  • एनआईसी एशियाका कार्ड प्रयोगकर्ताले सुजुकीको दुईपाङ्ग‍े सवारी खरिद गर्दा छुट पाउने

    आर्थीकसंसार संवाददाता१८ असोज, २०७७
    ५३६ पटक
    १८ असोज, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुजुकी ब्राण्डका दुईपाङ्ग्रे सवारी खरिद गर्दा नगद छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले भिजि अटोमोबाईल्सबाट सुजुकी ब्राण्डका दुईपाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट तथा ३ हजार नगद फिर्ता गरी कुल १५ हजार रकम छुट पाउने भएका हुन् ।
    यस सम्बन्धमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा भिजि अटोमोबाईल्सको तर्फबाट उपमहाप्रबन्धक धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्