News Portal

  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाए विश्वासको मत

    आर्थीकसंसार संवाददाता२६ पुस, २०७९
    ५८३ पटक
    २६ पुस, २०७९

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी सांसदको विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले ९९ दशमलव २५ प्रतिशत विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा उपस्थित २७० मध्ये २६८ जना सांसदबाट विश्वासको मत प्राप्त गरेका हुन् ।


    संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार प्रतिनिधिसभामा मंगलबार भएको मतदानमा प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले  विश्वासको मतको प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत पाएको सभामुखको हैसियतमा रहेका जेयष्ठ सदस्य पशुपति शमशेर राणाले घोषणा गरे । यस्तै दुई सांसदले विपक्षमा मत दिए ।  मतदानमा २७० सांसद उपस्थित थिए ।
    प्रधानमन्त्रीले आज बसेको संसदको बैठकमा विश्वासको मत मागेका थिए । उनलाई समर्थन गर्दै विश्वासको मत दिनेमा उनको पार्टी नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी सहित १० पार्टीहरु र स्वतन्त्र सांसदहरुले मत दिएका छन् ।

     

    प्रतिकृया दिनुहोस्