News Portal

  • प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

    आर्थीकसंसार संवाददाता२४ पुस, २०७९
    २९६ पटक
    २४ पुस, २०७९

    विराटनगर, २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनुभएको छ ।
    नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीको लागि दाबी पेश गर्नुभएको थियो । एमाले नेता कार्कीले ९३ सदस्यीय प्रदेशसभाका बहुमत सदस्य ६० जनाको समर्थनसहित आज दिउँसो ४ः२० मा दावी पेश गगर्नुभएको हो ।
    बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएका कार्कीलाई प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेशसभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो ।
    मुख्यमन्त्री कार्कीको सपथ ग्रहण सोमबार (भोली) हुने छ । मुख्यमन्त्रीमा नियुक्त कार्कीले सोमबार सानो आकारको मन्त्रिपरिषद् गठन गर्नु हुनेछ ।

    प्रतिकृया दिनुहोस्