News Portal

  • मुख्यमन्त्री र सभामुखको यसरी भयो बाँडफाँट र आलोपालो

    आर्थीकसंसार संवाददाता२४ पुस, २०७९
    ५२५ पटक
    २४ पुस, २०७९

    काठमाडौँ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ। बैठकमा प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ । बैठकमा बाँकी रहेका ६ वटा प्रदेशमा सरकार गठनको  बाँडफाँट टुंगिएको हो ।
    बैठकमा  गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।
    आइतबार प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी रहेका थिए ।

    यस्ताे छ भागवण्डा

    मुख्यमन्त्री

    प्रदेश १ – एमाले

    मधेश- जनता समाजवादी र जनमत पार्टी आलोपालो

    बाग्मती – माओवादी केन्द्र र एमालेले पालैपालो

    गण्डकी र लुम्बिनी – एमाले

    कर्णाली – माओवादी केन्द्र

    सुदूरपश्चिम – एमाले र माओवादी आलोपालो ।

    सभामुख:

    मधेस, कर्णाली – एमाले सभामुख

    प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम – माओवादी

    बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी

    उपसभामुख: 

    प्रदेश १ र गण्डकी- एमाले

    बागमती र कर्णाली- माओवादी

    लुम्बिनी- राप्रपा

    मधेश प्रदेश- जनमत पार्टी

    सुदूरपश्चिम- नागरिक उन्मुक्तिलाई प्रस्ताव

    प्रतिकृया दिनुहोस्