News Portal

  • पालुन खोला हाईड्रोपावरले आइपीओ जारी गर्ने, विक्री प्रबन्धकमा प्रभु क्यापिटल

    आर्थीकसंसार संवाददाता२४ पुस, २०७९
    ५४४ पटक
    २४ पुस, २०७९

    काठमाडौं । पालुन खोला हाईड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले स्थानियबासी तथा सर्वसाधारणलाई गरी जम्मा १९,००,००० कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने गर्न लागेको हो ।
    विक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता आज सम्पन्न भएको छ । सम्झौतामा पालुन खोला हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरे ।
    पालुन खोला हाईड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउपालीकामा अवस्थित पालुन खोलामा २१ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्