News Portal

  • दोस्रो पटक बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पवन गोल्यान

    आर्थीकसंसार संवाददाता२४ पुस, २०७९
    २९९ पटक
    २४ पुस, २०७९

    काठमाडौं । बैंक तथा वित्तिय संस्थाका साहुहरुको संगठन बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पवन गोल्यान निर्विरोध निर्वाचित भएका छन् । आइतबार सम्पन्न तेश्रो बार्षिक साधारण सभाले एनएमबि बैंकका अध्यक्ष रहेका गोल्यानलाई दोश्रो कार्यकाल पुनः अध्यक्ष निर्वाचित गरेको हो ।

    परिसंघको बरिष्ठ उपाध्यक्षमा भोज बहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजन सिंह भण्डारी, कोषाध्यक्षमा तुल्सिराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
    कार्य समिति सदस्यहरुमा उपेन्द्र पौडेल, लिला प्रकाश सिटौला, उपेन्द्र केशरी न्यौपाने, मोतिलाल दुगड, राधेश पन्त, महेन्द्र कुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित भएका हुन् ।

    प्रतिकृया दिनुहोस्