News Portal

  • राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा पुनः उप्रेती, यस्तो बन्यो सञ्चालक समिति

    आर्थीकसंसार संवाददाता१८ पुस, २०७९
    ५४४ पटक
    १८ पुस, २०७९

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ सञ्चालक समिति पाएको छ । बैंकले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति पाएको हो । बैंकको अध्यक्षमा पुनः केबी उप्रेति निर्विरोध निर्वाचित भएका छन् । बैंकको १९औं साधारणसभाले अध्यक्ष उप्रेतीसहित १५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ ।
    संचालक समिति सदस्यमा प्रदेश नम्बर १ बाट महेन्द्र कुमार गिरी, मधेश प्रदेशबाट विशवनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाईं, गण्डकी प्रदेशबाट राममहादुर जीसी, कर्णाली प्रदेशबाट कालिबहादुर महतारा, लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूरपश्चिम प्रदेशबाट शिवा थापा निर्वाचित भएका छन् ।
    यस्तै, खुल्ला सञ्चालक सदस्यमा केदार मानन्धर, माधवलाल देवकोटा, ध्रुवराज बिष्ट, मनोजकुमार थापामगर निर्वाचित भएका छन् । बैंकको महिला सञ्चालकहरुमा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा निर्वाचित भएका छन् ।
    लेखा सुपरीवेक्षण समितिको संयोजकमा लक्ष्मीप्रसाद सापकोटा, सदस्यहरुमा केशवप्रसाद सापकोटा र चन्द्रकुमारी पराजुली निर्वाचित भएका हुन् । नवनिर्वाचित् सञ्चालक समिति तथा लेखासुपरीवेक्षण समिति सदस्यहरुले सोमबार पद तथा गोपनीयताको सपथ समेत लिइसकेको छ ।

    प्रतिकृया दिनुहोस्