News Portal

  • ट्रिटनमा “ट्रिटन टक – सिजन १” सम्पन्न

    आर्थीकसंसार संवाददाता१५ पुस, २०७९
    ५५० पटक
    १५ पुस, २०७९

    काठमाडौं । विश्व परिवेशमा हरेक क्षेत्रका पेसा व्यवसायमा सफलता हासिल गर्न अपरिहार्य जस्तै बनेको छ व्यक्तिको वाचन कला । यो विषय व्यक्तिमा एकै पटक निखारता आउने होइन, त्यसैले उक्त कुराको वृद्धि विकासलाई टेवा पुर्याउनका लागि काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल मा.वि.÷कलेजमा विद्यार्थीहरुकै सहभागीतामा “ट्रिटन टक– सिजन १” सम्पन्न गरिएको छ । विद्यार्थीहरुको विषय वस्तुको दायरा फराकिलोे बनाउने उद्देश्यले ट्रिटन टक – सिजन १ कार्यक्रम आयोजना गरिएको हो ।
    विद्यालयमा अध्ययनरत कक्षा ११, १२ तहका विद्यार्थीहरुलाई कक्षा कोठाको पठन पाठनको सैद्धान्तिक ज्ञानलाई व्यक्ति विकाशमा देखाउने उद्धेश्यले यो कार्यक्रम गरिएको विद्यालयका ट्रिटन टक – सिजन १ कार्यक्रम व्यवस्थापक कमान सिहं आर. सि.ले बताउनुभयो ।
    विभिन्न विषय वस्तु समेति ११ वटा शिर्षकमा उक्त कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । उक्त कार्यक्रममा हरेक शिर्षकमा एक जना प्रश्तोता र अर्का एक जना विषय विज्ञका रुपमा प्रस्तुत हुनुभएको थियो । कार्यक्रमलाई व्यवहारिक र क्षमता वृद्धि प्रदान गर्नका लागि विभिन्न विद्यार्थी, शिक्षक शिक्षिकाबाट पनि जिज्ञाशा राखि विज्ञ मार्पmत भनाईहरु राखिएको थियो ।
    ट्रिटन टक – सिजन १ मा साच्चिकै विभिन्न व्यवसायिक प्रस्तुतीमा हुने सबै प्रक्रिया पुरा गरिएको महसुस विद्यालयका प्रचार्य स. प्रा. मदन शाक्यले बताउनुभयो । यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको सिकाईमा प्रभावकारी हुने, यस्ता कार्यक्रममा विद्यार्थीहरुको सहभागिताले तार्किक क्षमता बढ्ने तथा अन्य विद्यार्थीहरुलाई हौसला मिल्ने उहाँको भनाई छ ।

    प्रतिकृया दिनुहोस्