News Portal

  • मुख्य सचिवमा शंकरदास बैरागी नियुक्त

    आर्थीकसंसार संवाददाता१५ असोज, २०७७
    १४१३ पटक
    १५ असोज, २०७७

    काठमाडौं । सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले बिहीबार राजीनामा दिएपछि मन्त्रीपरिषद बैठकले रिक्त पदमा बैरागीलाई नियुक्त गरेको हो ।
    मन्त्रीपरिषद बैठकले बिहीबार नै राजीनामा गरेका रेग्मीलाई बेलायत र निवर्तमान अर्थमन्त्री एवम् प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गर्ने सिफारिस पनि गरेको छ ।
    स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले पहिलो एजेन्डाको रुपमा रेग्मीको राजीनामा स्वीकृत गरेको थियो । त्यसपछि सबैभन्दा वरिष्ठ सचिव महेन्द्र गुरागाईंले बैठकमा मुख्यसचिवले गर्ने जिम्मेवारी सम्हालेका थिए ।

    प्रतिकृया दिनुहोस्