News Portal

  • बिग मार्टमा इ–सेवामार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने

    आर्थीकसंसार संवाददाता१५ असोज, २०७७
    १०१३ पटक
    १५ असोज, २०७७

    काठमाडौं । बिग मार्टमा सपिङ गर्दा इ–सेवा तथा फोन–पे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुन सुचारु भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना कोरोना भाइरसका कारण दोस्रोपटक गरिएको निशेधाज्ञाका कारण स्थगित भएको थियो । अहिले निशेधाज्ञा हटेसँगै यो योजना पुःन सुचारु भएको हो । अब यो योजना असोज महिनाभर जारी रहने कम्पनीले जनाएको छ ।
    यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागु छ । योजना अनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरिद गर्दा इसेवा तथा फोनपेबाट (मोबाईल बैंकिङ) क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने छ भने दिउँसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइने छ । यस्तो छुट अधिकतम रू. ३ सय सम्म पाइनेछ ।
    कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला इसेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना सुरू गरेका हुन् । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

    प्रतिकृया दिनुहोस्