News Portal

  • नेपाल इन्स्योरेन्सको साधारणसभा पुस २२ गते, कहिलेसम्म शेयर किन्नेले पाउलान् लाभांश ?

    आर्थीकसंसार संवाददाता१ पुस, २०७९
    ४०० पटक
    १ पुस, २०७९

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले पुस २२ गते ७४ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले यस अगाडी सञ्चालक समितिबाट घोषणा भएको ८ प्रतिशत बोनस शेयर पारित गर्नेछ । कम्पनीले चुक्ता पूँजी एक अर्ब ३७ करोडको ८ प्रतिशतका लागि ११ करोड तीन लाख रुपैयाँ बराबरको बोनस शेयरको विशेष प्रस्ताव गरेको छ ।
    सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहित वासलात नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु उपर समेत छलफल गरि पाउने गर्नेछ ।
    त्यस्तै चालु आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्नेछ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी एक अर्ब ३७ करोड ८ प्रतिशतका दरले बोनस शेयर जारी गर्न हुन आउने दबमलब पछिको अंक फ्र्याक्सन शेयरलाई नपुग रकम सम्बन्धित शेयरधनीबाट प्राप्त गरी एकमा परिणत गर्ने र सो गर्दा शेयर स्वामित्व संस्थाकतर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव सभामा लैजाने भएको छ ।
    साधारणसभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज हुनेछ । पुस ७ गतेसम्म कायम शेयरधनीले ८ प्रतिशत बोनस शेयर पाउनुका साथै सभामा भाग लिन पाउने छन् ।
    कम्पनीले मर्जरको लागि आवस्यक सम्पुर्ण प्रकृयाँ अगाडी बढाउन सञ्चालकलाई अख्तियारी दिने व्यवस्थालाई यस पटकको साभारणसभामा पनि पेश गरिएको छ । कम्पनीले ७० औ वार्षिक साभारणसभादेखि निरन्तर यो प्रस्तावलाई पारित गर्दै आएको छ । तर अहिलेसम्म पनि कम्पनीले मर्जरको लागि ठोस निर्णय गर्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस्