News Portal

  • शिखर इन्स्योरेन्सको १६.८४% लाभांश घोषणा, कति दिँदैछ बोनश ?

    आर्थीकसंसार संवाददाता१ पुस, २०७९
    ४१५ पटक
    १ पुस, २०७९

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश घोषणा गरेको हो ।
    कम्पनीले हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशलमव ८४२१ प्रतिशत नगद गरि कुल १६ दशमलव ८४२१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
    कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन् ।

     

     

    प्रतिकृया दिनुहोस्