काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले बेस्ट म्यानेज्ड निर्जीवन इन्स्योरेन्स अवार्ड २०२२ प्राप्त गरेको छ । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीलाई न्यू बिजनेश एज प्रालिले सातौं न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डमा अन्तरगत उक्त अवार्ड दिएको हो ।
शिखरले यसअघि २०७१, २०७३, २०७४, २०७६ सालमा न्यु विजनेस एज संस्थाबाट वेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी पुरस्कार प्राप्त गर्न सफल भइसकेको छ ।
यस अवार्ड विभिन्न वित्तीय तथा गैर वित्तीय मापदण्डहरूको आधारमा निर्धारण गरिएको छ र आयोजकहरूद्वारा नियुक्त निर्णायक मण्डलले निर्णय गरेका थिए। शिखर इन्स्योरेन्सले देशभर १०६ वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहको छ । यस कम्पनीमा ६०० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् ।
शिखर इन्स्योरेन्सले मौसमी सूचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगदरहित स्वास्थ्य बीमा, मोटर अतिरिक्त लाभ बीमा, ढुक्क मनस्थिति बीमा जस्ता नविनतम बीमाको शुरुवात गरी नेपालमा बीमा क्षेत्रको विस्तार गर्न उल्लेखनिय योगदान पुर्याउँदै आइरहेको छ ।
नेपालको दुर दराज जिल्लाहरू जुम्ला, कालिकोट, डोल्पा र मुगु का जनतालाई बर्षेनी मौषमका कारण स्याउ खेतीमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सूचकांकमा बीमालेख मार्फत किसानलाई भएको जोखिम तथा क्षतिको क्षतिपुर्ति प्रदान गरेकै कारण UK Aid funded Adaptation at Scale prize Asia Network for Sustainable Agriculture and Bioresources (ANSAB) द्धारा २०१९ मा ५०,००० पाउण्डस्ट्रलिङ बराबर पुरष्कार राशी प्राप्त गरेको थियो ।
कम्पनीलाई टिबिअइ प्रकाशन प्रा.लि.ले २०१८ मा सर्वोत्कृष्ट निर्जीवन बीमा कम्पनीको रूपमा पनि नाम दिइएको थियो र कारोबार उत्कृष्टता पुरस्कारू प्रदान गरिएको थियो। २०२२ मा कर्पोरेट क्लब नेपाल प्रा. लिले बीमा सेवामा कर्पोरेट उत्कृष्टताको लागि “एच.आर.एम. नेपाल अवार्ड“ बाट सम्मानित गरिएको थियो ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले (ICRA-NP) A Rating सम्मान गरेको छ । शिखर इन्स्योरेन्स A Rating प्राप्त नेपालको पहिलो तथा एक मात्र बीमा कम्पनीका रुपमा रहेको छ ।
शिखर इन्स्योरेन्सले पायो पाँचौ पटक बेस्ट म्यानेज्ड अवार्ड
आर्थीकसंसार संवाददाता२७ मंसिर, २०७९
२७ मंसिर, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न