News Portal

  • अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा  नागरिक लगानी कोष, सह विक्री प्रबन्धकमा सनराईज क्यापिटल

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७९
    ५०९ पटक
    २६ मंसिर, २०७९

    काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको १:१ को अनुपातमा अर्थात (१ कित्ता शेयर बराबर १ कित्ता शेयर) का दरले साबिकका शेयरधनीहरूलाई जारी गर्न लागेको प्रति शेयर रु.१००/- दरले हुने १०‚५९‚००‚००० कित्ता हकप्रद साधारण शेयरको हुने रकम रु १०‚५९‚००‚००‚०००/- (अक्षरेपी दश अर्ब उनान्साठ्ठी करोड मात्र) बराबरको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवाको लागि नागरिक लगानी कोषलाई  नियुक्त गरेको छ  । नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको लागि मिति २०७९ साल मंसिर २६ गते दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।
    नागरिक लगानी कोषले आफु मुख्य निष्काशन तथा विक्री प्रवन्धक भई सनराइज क्यापिटल लिमिटेड‚ कमलपोखरीलाई सहनिष्काशन तथा विक्री प्रवन्धकको रुपमा नियुक्त्त गरेकोछ ।

    प्रतिकृया दिनुहोस्