News Portal

  • सनराइज बैंकका सेयरधनीले लाभांश नपाउने

    आर्थीकसंसार संवाददाता२६ मंसिर, २०७९
    ३२६ पटक
    २६ मंसिर, २०७९

    काठमाडौं । सनराइज बैंकका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएसँगै सेयरधनीले लाभांश नपाउने भएका हुन् ।
    मंसिर २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
    बैंकले अघिल्लो वर्ष अर्थात २०७७/७८ को नाफाबाट भने सेयरधनीलाई ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
    हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्