News Portal

  • साना किसान विकास लघुवित्तको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२० मंसिर, २०७९
    ४५३ पटक
    २० मंसिर, २०७९

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २७.३६८४२१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३६८४२१०५३ प्रतिशत नगद गरी कूल २७.३६८४२१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    लघुवित्तको हाल चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७ रुपैयाँ रहेको छ । चुक्ता पूँजीको ४० करोड ६७ लाख ४७ हजार ५६९ रुपैयाँको बोनस सेयर र २ करोड १४ लाख ७ हजार ७६६ रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

     

    प्रतिकृया दिनुहोस्