News Portal

  • रिलायन्स लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७९
    ४३८ पटक
    १९ मंसिर, २०७९

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स बालाजु शाखाद्वारा बीमा सचेतना र साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा केयू सिटी कलेजमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहको थियो ।
    कपनको सरस्वती नगरमा भएको कार्यक्रमा विद्यार्थीहरुलाई बीमा सचेतना र साक्षरता सम्बन्धी जानकारी दिएको कम्पनीले जनाएको छ । उक्त सचेतना कार्यक्रममा एरिया म्यानेजर जीवन खनाल, ब्रान्च मेनेजर सुरेश रत्न बज्रचार्यका साथै एजेन्सी मेनेजर रामकुमार श्रेष्ठले जीवन बीमाको महत्व र प्रकृति बारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्