News Portal

  • आइएमई जनरलले आजदेखि कोरोना बीमाको दाबी भुक्तानी गर्ने

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०७९
    ३७९ पटक
    १४ मंसिर, २०७९

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले कोरोना बीमा पोलिसी खरिद गरेका आफ्ना बीमितलाई आज मंसिर १३ गते मंगलबार देखि प्राथमिकताको आधारमा दाबी भुक्तानी शुरु गरेको छ । कम्पनीले एक सुचना सार्वजनिक गर्दै पिसिआर पोजिटिभ भई बीमा दाबी गर्ने मध्ये पहिलो दाबी गर्नेलाई पहिलो प्राथमिकतामा राखेर दाबी रकमको भुक्तानी शुरु गरिएको जानकारी दिएको छ ।
    कम्पनीका अनुसार दाबी भुक्तानी पाउन ९८२ वटा एकल र पारिवारिक बीमालेख धारक दाबीकर्तामध्ये ७१५ दाबीकर्तालाई मंसिर १३ गतेदेखि दाबी भुक्तानीको व्यवस्था मिलाइएको छ ।
    पहिलो चरणको सूचीमा परेका बीमालेख धारक र दाबीकर्रताको नामावली कम्पनीले आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ । साथै सबै शाखा कार्यालयहरूमा समेत सो सम्बन्धी विवरण उपलब्ध रहेको कम्पनीले प्रकाशन गरेको सूचनामा उल्लेख छ।

    प्रतिकृया दिनुहोस्