News Portal

  • प्रिमियर इन्स्योरेन्सले दिन थाल्यो कोरोना बीमाको पैसा, ८७० जनाले पाउने

    आर्थीकसंसार संवाददाता१४ मंसिर, २०७९
    ३९३ पटक
    १४ मंसिर, २०७९

    काठमाडौं । प्रिमियर इन्स्योरेन्सले पनि कोरोना बीमाको दावी भुक्तानी दिन शुरु गरेको छ । इन्स्योरेन्सले मंसिर १४ गते बुधबारदेखि दैनिक एक सय जना बीमितलाई कोरोना बीमाको रकम फर्छौट गर्न थालेको हो ।
    कम्पनीले जारी गरेको सूचनाअनुसार कम्पनीले क्रमसंख्या अनुसार विभिन्न मितिमा बीमितहरुलाई भुक्तानी गर्ने छ । मंसिर १४ गतेदेखि भुक्तानी दिन थालेको कम्पनीले आगामी मंसिर २५ गतेसम्म कूल ८७० जना बीमितलाई भुक्तानी दिने भएको छ ।
    इन्स्योरेन्सले नेपाल सरकार र नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार सर्वसाधारण (व्यक्तिगत) तर्फका बीमितहरुलाई पहिलो प्राथमिकतामा राखेर दावी भुक्तानी गर्न लागेको हो ।
    त्यस्तै, यस बाहेकका दावीकर्ताहरुको हकमा सरकार र बीमा प्राधिकरणको निर्णय अनुसार क्रमशः भुक्तानी गरिने कम्पनीले जानकारी गराएको छ ।

     

    प्रतिकृया दिनुहोस्