News Portal

  • सिद्धार्थ इन्स्योरेन्सको सेयर मंगलबारदेखि किनबेच गर्न पाइने

    आर्थीकसंसार संवाददाता१२ मंसिर, २०७९
    २८९ पटक
    १२ मंसिर, २०७९

    काठमाडौं । रोक्का रहेको सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को मंसिर १२ गतेको निर्णय अनुसार कम्पनीको सेयर कारोबार फुकुवा भएको हो ।
    यससँगै कम्पनीको सेयर मंसिर १३ गते बुधबारदेखि किनबेच गर्न पाइने छ । नेप्सेले कम्पनीको आधारभूत सेयरधनी बाहेकको सेयर कारोवार फुकुवा गरिदिएको हो ।
    सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्जरमा जान प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै नेप्सेले दुबै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको थियो । बराबरी हैसियतमा मर्ज हुन यी दुईले गत असार २७ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
    त्यससँगै असार २८ गतेदेखि दोश्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का रहेको छ । अब भने लगानीकर्ताहरुले करिब साढे ४ महिनापछि कम्पनीको सेयर किनबेच गर्न पाउने भएका छन् ।
    हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड ८० लाख रुपैयाँ छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सको १ अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ । १ बराबर १ को अनुपातमा मर्ज भएपछि बन्ने इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । जुन बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा बढी हो ।

     

    प्रतिकृया दिनुहोस्