News Portal

  • अजोड इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

    आर्थीकसंसार संवाददाता१२ मंसिर, २०७९
    ३५६ पटक
    १२ मंसिर, २०७९

    काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको सेयर संरचना परिवर्तन भएको छ । मंसिर ११ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले कम्पनीको संस्थापक समूह र सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गरेको हो ।
    परिवर्तित सेयर स्वामित्व संरचना अनुसार कम्पनीको संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशतको अनुपात कायम गर्ने निर्णय भएको छ । यसअघि उक्त अनुपात क्रमशः ७० र ३० प्रतिशत रहेको थियो ।
    उक्त निर्णयलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत दिएपछि कम्पनीको प्रबन्धपत्र संशोधन गरिने कम्पनीले जनाएको छ ।
    त्यस्तै, कम्पनीलाई नेपाल बीमा प्राधिकरणले मर्जर अध्ययन कमिटीको स्वीकृत गरेको र सभाले उक्त मर्जर अध्ययन कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, सभाले कम्पनी सञ्चालक समितिलाई मर्जरसम्बन्धी सम्पूर्ण अख्तियारी दिएको छ ।
    त्यस्तै, इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित भएको छ । सभापछि बसेको कम्पनी सञ्चालक समितिको बैठकले नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिमको वित्तीय विवरणहरु पारित गरेको हो ।
    उक्त पारित विवरणहरु नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनु पर्छ । जसको लागि कम्पनीले उक्त विवरणहरु प्राधिकरणमा पेशसमेत गरिसकेको छ ।

     

    प्रतिकृया दिनुहोस्