News Portal

  • लाभांश पारित गर्न इन्भेष्टमेन्ट बैंकले डाक्यो साधारण सभा

    आर्थीकसंसार संवाददाता१२ मंसिर, २०७९
    ४२१ पटक
    १२ मंसिर, २०७९

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी पुस ७ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकले लाभांश पारित गर्ने प्रस्तावसहित आफ्नो ३६औं वार्षिक साधारण सभा डाकेको हो ।
    सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै छ । सभाले पारित गरेपश्चात बैंकका सेयरधनीले ७ प्रतिशत नगद (करसहित) र ४ प्रतिशत बोनस सेयर पाउने छन् । हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ ।
    त्यस्तै, सभामा जानको लागि बैंकले आगामी मंसिर २१ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्दै छ । यससँगै मंसिर २० गतेसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउने छन् ।

     

    प्रतिकृया दिनुहोस्