News Portal

  • यूनियन लाइफको प्रादेशिक कार्यालय इटहरीद्धारा रक्तदान कार्यक्रमको आयोजना

    आर्थीकसंसार संवाददाता१० मंसिर, २०७९
    ३४७ पटक
    १० मंसिर, २०७९
    काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश १ को प्रादेशिक कार्यालय इटहरीले आज मंसिर ९ गते प्रदेश १ का कर्मचारी तथा अभिकर्ताहरुलाई लक्षित गरेर रक्तदान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रमको लागी प्राविधिक सहयोगको लागि रेडक्रस सोसाइटि, इटहरीलाई आमन्त्रण गरेको थियो ।
    कार्यक्रमको संयोजन यूनियन लाइफ इन्स्योरेन्स कम्पनिको प्रदेश १ को प्रदेश प्रमुख भुपराज पराजुली बाट भएको थियो । रक्तदान जीवन दान मुलनारा सहितको कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको जानकारी उक्त कम्पनीको इटहरी शाखा प्रमुख ऋषिराज पराजुलीले बताए ।
    रक्तदान कार्यक्रम पश्चात उपस्थित भएका नयाँ तथा पुराना अभिकर्ताहरुलाई बीमा सम्बन्धि विशेष जानकारी दिइएको थियो र एमडिआरटि २०२३ को उपाधि प्राप्त गर्न विशेष तालिम पनि संचालन गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्