२० साउन, २०७७
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी र अभिकर्ताहरुले म्याग्दीका पहिरोपीडितहरुलाई आर्थिक सहयोग गरेका छन् ।
कम्पनीको बेनी शाखाले आयोजना गरेको एजेन्सी म्यानेजर सम्मान कार्यक्रममा सहभागी कर्मचारी र एजेन्सी म्यानेजरहरुबाट संकलित १५ हजार पाँच सय ५५ रुपैयाँ सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीलाई हस्तान्तरण गरिएको हो ।
कम्पनीका क्षेत्रीय प्रमुख सुदिप राज ढुङ्गाना, बेनी शाखाका प्रमुख मुक्ति पौडेल, कुश्मा उपशाखाका प्रमुख प्रशन्न शर्मा पौडेल, बाग्लुङ शाखाका प्रमुख मिना जिसी कँडेल, बेनी शाखाका मार्केटिङ अफिसर ज्ञानु बानियालगायतको टोलीले रकम हस्तान्तरण गरेका हुन् ।
एजेन्सी म्यानेजर सम्मानको अवसरमा बेनी शाखा गोल्डस्ट्यान्डर पर्फर्मर भएकोमा कम्पनीका क्षेत्रीय प्रमुख सुदीपराज ढुङ्गानाबाट प्रमुख पौडेल र मार्केटिङ अफिसर बानियालाई सम्मानपत्र र दोसल्लासहित सम्मान प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा सर्वाेत्कृष्ट कारोबार गर्ने एजेन्सी म्यानेजर राजन बानीया र अन्जना शर्मा चोखाललाई ट्रफि सम्मानपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो । साथै ४० जना एजेन्सीम्यानेजरहरुलाई शुभकामनासहित सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।
रिलायन्स लाईफका कर्मचारीद्वारा पहिरोपीडितहरुलाई आर्थिक सहयोग
आर्थीकसंसार संवाददाता
- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान