News Portal

  • एनसीसी बैंकको साधारण सभा आज, लाभांश र मर्जर प्रस्ताव पारित गर्ने

    आर्थीकसंसार संवाददाता२ मंसिर, २०७९
    ३६७ पटक
    २ मंसिर, २०७९

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को वार्षिक साधारण सभा आज हुँदैछ । बैंकको २५ औं वार्षिक साधारण सभा आज (मंसिर २ गते) बिहान १० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा हुने भएको हो ।
    बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कूल १०.९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
    यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
    यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्न, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन प्रस्ताव पारित गर्नेछ ।
    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १५ गते मंगलबार एक दिन बुक क्लोज गरेको थियो । कुमारी बैंकसँग मर्जर प्रकृयामा रहेकाले बैंकको असोज ११ गतेदेखि सेयर कारोबार रोक्का छ । त्यसैले असोज ९ गतेसम्म कायम सेयरधनीले मात्रै बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।

     

    प्रतिकृया दिनुहोस्