काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा र खुद दाबी भुक्तानी खुद बीमा शुल्क आर्जन बढेको छ ।
कम्पनीको जगेडा कोक्ष ऋणात्मक रहेको छ । यस अवधिमा कम्पनीको जगेडा कोष ६१ करोड २८ लाख ऋणात्मक रहेको छ । कम्पनीको बीमा कोष १ अर्ब २० करोड रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार १ अर्ब १० करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा बीमा कोषको आकार बृद्धि भएको छ ।
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ११६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको १ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो २१ करोड ६० करोड लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २३ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले १८ करोड ६५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क २७ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीले १७ करोड ११ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी ९२ प्रतिशतले बढेको छ ।
यस अवधिमा कम्पनीले कुल ३२ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले कुल २८ करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
नेशनल इन्स्योरेन्सको नाफामा उल्लेख्य बृद्धि, खुद बीमा शुल्क आर्जन २३ करोड ८४ लाख
आर्थीकसंसार संवाददाता३० कार्तिक, २०७९
३० कार्तिक, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न