काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको मधेश प्रदेश स्तरिय अभिकर्ता सम्मान् कार्यक्रममा हरिऔन शाखाका अभिकर्ताले उत्कृष्ट अभिकर्ता सम्मान प्राप्त गरेका छन् ।
बर्दिवास स्थित होटल विनायकमा सम्पन्न भएको मधेश प्रदेश स्तरिय बिजनेश एक्शिलेन्स अवार्ड समारोहको अवसमा हरिऔन शाखाका अभिकर्ता विपिन कुमार खनालले व्यक्तिगत कोडमा सर्वाधिक बीमाशुल्क ल्याउन सफल भएवापत प्रथम स्थान हासिल गरेका छन् ।
त्यसैगरी एजेन्सी म्यानेजरतर्फ आफ्नो अभिकर्ताको समूहबाट सर्वाधिक बीमाशुल्क आर्जन गर्न सफल हरिऔन शाखाकै शर्मिला कुमारी खत्री खनाललाई उत्कृष्ट एजेन्सी म्यानेजर सम्मान प्रद्यान गरिएको छ ।
विजेताहरुलाई कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ र नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठले ट्रफी तथा सम्मान पत्र हस्तान्तरण गरेका छन् ।
एशियन लाईफ इन्स्योरेन्सको मधेश प्रदेश उत्कृष्ट अभिकर्ता सम्मान खनाललाई
आर्थीकसंसार संवाददाता२९ कार्तिक , २०७९
२९ कार्तिक , २०७९ - ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न