News Portal

  • कोरोना भाइरसको संक्रमणपछि एनएमबी बैंकको चार शाखा सिल

    आर्थीकसंसार संवाददाता११ असोज, २०७७
    ९८४ पटक
    ११ असोज, २०७७

    काठमाडौं । कोरोना संक्रमणको कारण बन्द गरिएको लक्ष्मी बैंकको हात्तीसारस्थित शाखा कार्यालय आजबाट खुल्ला भएको छ । उता, कोरोना भाइरसको संक्रमणपछि एनएमबी बैंकको न्यूरोडसहित चारवटा शाखा कार्यालय सिल गरिएको छ ।
    न्यूरोड, बबरमहलस्थित कर्पाेरेट कार्यालय बन्द गरिएको छ भने अन्य शाखा कार्यालयहरुका दर्जनौं कर्मचारीहरुको पीसीआर टेष्ट पोजेटिभ आएको सो बैंक स्रोतले जनाएको छ । पीसीआर पोजेटिभ आएका कर्मचारीहरु घरैमा आईशोलेसनमा बसेका छन् ।
    पछिल्ल्लो पटक बैंक तथा बीमा कम्पनीहरुमा कोरोना भाइरसको संक्रमण देखिने क्रम ह्वात्तै बढेको छ । सरकारले उद्योग व्यवसाय तथा सार्वजनिक यातायात खुल्ला गरेपछि कोरोना मानिसहरुको धेरै चहल पहल हुने बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीमा कोरोना भाइरसको संक्रमण तीव्र बनेको हो । बैंक तथा बीमा कम्पनीहरुले कोरोना भाइरसको पीसीआर टेष्ट आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्