News Portal

  • सांग्रिला बैंकबाट चेक र एटिएम बिना नै पैसा निकालिने

    आर्थीकसंसार संवाददातासाउन २०, २०७७
    ४४३ पटक
    साउन २०, २०७७

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकबाट अबदेखि चेक र एटिएम बिना ग्राहकहरुले एक लाख रुपैयाँसम्म भिक्न पाउने भएका छन् । बैंकले आफनो ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्नका लागि क्युआर कोड स्क्यान गरी सो मात्राको नगद निकाल्न मिल्ने व्यवस्था गरेको हो । यस सुविधामार्फत बैंकका ग्राहकहरुले आफूले चाहेको रकम आफ्नो आवश्यकताअनुसार क्युआर कोड स्क्यान गरी निकाल्न सक्ने व्यवस्था गरेको छ । हालको लागि सेवाग्राहीहरुले बैंकको बालुवाटार शाखा कार्यालयबाट उक्त सेवा लिन सकिने छ ।

    प्रतिकृया दिनुहोस्