News Portal

  • २४ घण्टामा देशभर १ हजार २ सय ७ कोरोना संक्रमित थपिए

    आर्थीकसंसार संवाददाता१० असोज , शनिबार २०७७
    ११६१ पटक
    १० असोज , शनिबार २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।
    उनका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ८ सय ३३ र होम आइसोलेशनमा १० हजार ५ सय ८ जना रहेका छन् । यस्तै आज पीसीआर १० हजार १९ जनाको भएको छ । यस्तै गत २४ घण्टामा १ हजार १ सय ४७ र निको भएका छन् भने यससँगै देशभर हालसम्म निको हुनेको कुल संख्या ५३ हजार १३ पुगेको छ ।
    कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ४ सहित ८ जनाको मृत्यु भएको छ । मृतक सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २० र ७४ वर्षीय पुरुष रहेका छन् भने ललितपुर र भक्तपुरका क्रमशः ७६ र ८८ वर्षीय पुरुष रहेका छन् । यस्तै सप्तरीका ६६, मकवानपुरका ७४, रुपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
    यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ०.६५ प्रतिशतको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्