News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंक र दराजबीच डिजिटल पेमेन्ट पार्टनरसीप सम्झौता

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७९
    ६२२ पटक
    २१ कार्तिक, २०७९

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दराजसँग ११.११ अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरे ।
    बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्धारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ । ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र डेविट कार्डको लागि आजै आवेदन दिन अनुरोध गरिन्छ ।
    यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । माथि उल्लिेखित पूर्व भुक्तानी छुटहरु अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्राप्त हुनेछ । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहक महानुभावहरुलाई विशेष सहयोग पुग्ने विश्वास सांग्रिला डेभलपमेन्ट बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्