News Portal

  • अजोड इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, यस्ता छन् एजेण्डा

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७९
    २९८ पटक
    २१ कार्तिक, २०७९

    काठमाडौं । अजोड इन्स्योरेन्सले आफ्नो विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले मंसिर ९ गते शुक्रबार लैनचौर काठमांडौमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको हो ।
    कम्पनीको सभाले अजोड इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्ससंग मर्जरमा जाने प्रस्तावलाई पारित गर्नेछ । यस्तै, सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ ।
    कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ मंसिर २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनी मर्जर प्रक्रियामा भएकाले दोस्रो बजारमा कम्पनीको सेयर कारोबार साउन १ गतेदेखि रोक्का छ । त्यसैले असार ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने छन् ।

     

    प्रतिकृया दिनुहोस्