News Portal

  • मर्जरपश्चात् ‘नम्बर वान’ बन्ने कुमारी बैंकको रणनीति, पुसभित्रै एकिकृत कारोबार

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७९
    २६० पटक
    २१ कार्तिक, २०७९

    काठमाडौं । कुमारी बैंकको वार्षिक साधारणसभाले एनसीसी बैंकसँग मर्जरमा जानका लागि अख्तियारी दिएको छ । बैंकको सोमबार भएको २२औं वार्षिक साधारणसभाले विशेष मर्जरमा जानका लागि अख्तियारी दिएको हो । कुमारी र एनसीसी बैंकले गत असोज ९ गते मर्जर सम्झौता गरेका थिए । सोही सम्झौता अनुसार कुमारी बैंकको साधारणसभाले मर्जरको सम्झौता अख्तियारी दिएको हो ।
    दुवै बैंकले मर्जरका लागि राष्ट्र बैंकबाट स्वीकृति पनि पाइसकेका छन् । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको थियो । दुबै बैंकले पुस १७ गतेभित्र एकिकृत कारोबार गर्ने तयारी गरिरहेका छन् ।  एनसीसी बैंकले पनि मर्जर सम्झौता पारित गर्नका लागि मंसिर २ गते साधारणसभा बोलाएको छ ।यस्तै, सोमबार बसेको बैंकको साधारणसभाले लाभांश पनि पारित गरेको छ । साधारणसभाले प्रस्तावित १२.५० प्रतिशत लाभांश पारित गरेसँगै बैंक लाभांश पारित गर्ने दोस्रो बैंक बनेको हो । यसअघि सिटिजन्स बैंकले लाभांश पारित गरिसकेको छ ।
    कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबरा राणाले अहिले ‘सुपर फास्ट’ किसिमले मर्जरको तयारी भइरहेको बताउँदै डीडीए रिपोर्ट पनि छिट्टै आउने धारणा राखे । ‘अहिले मर्जरका लागि सुपर फाष्टमा काम भइरहेको छ, पुस १७ गतेअघि नै एनसीसी बैंकसँग एकिकृत कारोबार गर्ने गरी मर्जर प्रक्रिया अघि बढेको छ, केही दिन भित्र डिडिए रिपोर्ट आउँछ,’ उनले साधारणसभामा उठेका प्रश्नको जवाफ दिँदै भने ।
    यस्तै, उनले कुमारी बैंकले राष्ट्र बैंकले प्राथमिकतामा राखेको क्षेत्रमा फोकस गरेर कर्जा प्रवाह गरिरहेको बताउँदै आजको दिनमा कुमारी बैंक सुरक्षित रहेको पनि धारणा राखे । उनले अब भोलिदेखि नै सेयरधनीकोे खातामा लाभांशको रकम जम्मा गर्ने बताउँदै आगामी दिनमा सकेसम्म बढी लाभांश वितरणमा ध्यान दिने बताए ।
    ‘बैंककाे   क्यापिटल एडुकेसी १३ प्रतिशत पुगेको छ, राष्ट्र बैंकको नीति अनुसार ११ प्रतिशत भए पुग्छ, यस पटक तरलता सहज पार्नका लागि नगद लाभांश दिएको हौं, आगामी दिनमा पनि लाभांशको दर बढाउँदै जाने हाम्रो योजना छ,’ अध्यक्ष राणाले भने ।
    उनले ठूला बैंकहरुसँग प्रतिस्पर्धा गर्नैका लागि भएपनि मर्जर सम्झौता गरेको धारणा राखे । उनले अब कुमारी बैंक नम्बर वान बैंक बन्ने रणनीतिका साथ अगाडि बढेको उनको धारणा छ । उनले कुमारी बैंकले दिनप्रतिदिन प्रगति गर्दै गएको धारणा राख्दै एनसीसी बैंकसँग मर्जरपश्चात नम्बर वान बैंक हुने किसिमले काम हुने बताए ।

    ‘विगत दुइ वर्षसम्म कमजोर रहेको बैंक अहिले  टप टेनमा छौं, अब नम्बर वान बैंक बन्ने लक्ष्य हो, यसलाई छिट्टै पूरा गर्ने छौं,’ उनले भने ।
    दुई बैंक मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारीका सीईओ रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ ।
    दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
    यस्तै, गत असारसम्ममा कुमारी बैंकको जगेडा कोष ४ अर्ब ६४ करोड २९ लाख १७ हजार रुपैयाँ र एनसीसी बैंकको ५ अर्ब ३२ करोड ३९ लाख ९ हजार रुपैयाँ रहेको छ । यस्तै, कुमारी बैंकको निक्षेप १ खर्ब ७६ अर्ब ७६ करोड ७६ लाख ६५ हजार रुपैयाँ र एनसीसी बैंकको १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख १४ हजार रुपैयाँ गरी कूल ३ खर्ब ११ अर्ब ३४ करोड ३६ लाख ७९ हजार रुपैयाँ पुग्नेछ ।
    यस्तै, कुमारी बैंकको कर्जा १ खर्ब ५३ अर्ब ३६ करोड ८ं९८ लाख १२ हजार रुपैयाँ र एनसीसी बैंकको कर्जा १ खर्ब २१ अर्ब १९ करोड ४ लाख ५० हजार रुपैयाँ गरी कूल २ खर्ब ७४ अर्ब ५६ करोड २ लाख ६२ हजार रुपैयाँ पुग्नेछ । यस्तै, गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुमारी बैंकको खुद नाफा २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ र खुद नाफा २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ गरी कूल ४ अर्ब ८५ करोड ७४ लाख ५६ हजार रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
    बिजनेसमा बढ्दो ग्राफ
    बैंकको विगतका वर्षहरुको वित्तीय परिसूचकहरु सकारात्मक, व्यवस्थित तथा प्रगति उन्मुख रहेका छन् । हालका वर्षहरुमा आएर निष्क्रिय सम्पत्तिहरू निक्कै नै व्यवस्थित भएको छ भने बैंकको व्यापार व्यवसायहरु जोखिमको उचित मूल्यांकन गर्दै सीमित दरमा वृद्धि भैरहेको छ ।
    आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा कर्जा, निक्षेप तथा लगानी क्रमशः १०.९० प्रतिशत, १६.४० प्रतिशत र १.५० प्रतिशतले वृद्धि भई १५९ अर्ब ४४ करोड, १८२ अर्ब ९६ करोड र २३ अर्ब ४२ करोड रुपैयाँ पुग्न गएको छ । यसैगरी खुद ब्याज आम्दानी २२.४५ प्रतिशतले वृद्धि भई ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने संचालन खर्च कुल ११.२९ प्रतिशतले वृद्धि भई ३ अर्ब ५५ करोड रुपैयाँ हुन पुगेका छ ।
    आर्थिक वर्ष २०७८/७९ मा कर्जा नोक्सानी व्यवस्था अघिको संचालन मुनाफा २५.५२ प्रतिशतले बृद्धि भई ४ अर्ब ३६ करोड रुपैयाँ हुन पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ९७ करोड रुपैयाँ रहेको खुद नाफा आर्थिक वर्ष २०७८/७९ मा ३०.९१ प्रतिशतले वृद्धि भई २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि राम्रो प्रगति गरेको देखिन्छ ।
    आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा कुमारी बैंकको कुल कर्जा १ खर्ब ४३ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षको अन्त्यमा १०.९० प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ पुगेको देखिन्छ । बैंकले आफ्नो कर्जा तथा सापटीलाई विविधिकरण गर्दै व्यक्तिगत कर्जा, शिक्षा कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, कृषि तथा उत्पादनशील कर्जा, विपन्न वर्ग कर्जा, संस्थागत कर्जा तथा विकास परियोजना क्षेत्रमा कर्जा प्रदान गर्दै आएको विभिन्न तथ्यांकहरुले देखाउँछ ।
    समीक्षा अवधिमा बैंकको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात १.११ प्रतिशत रहेको छ । समीक्षा वर्षमा कर्जा लगानीमा वृद्धि भएता पनि उल्लेख्य मात्रामा समस्याग्रस्त कर्जाहरुको असुली भएको बैंकले जनाएको छ ।
    बैंक आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा कर्जा तथा लगानीबाट प्राप्त ब्याज आम्दानी ४३.६६ प्रतिशतले वृद्धि भई १८ अर्ब ३५ करोड रुपैयाँ पुग्न गएको छ भने ब्याज खर्च ५७.६५ प्रतिशतले वृद्धि भई १२ अर्ब १३ करोड रुपैयाँ पुगेको देखिन्छ । यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा बैंकको खुद ब्याज आम्दानी करिब २२.४५ प्रतिशतले वृद्धि भई ६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।
    आर्थिक वर्ष २०७८/७९ मा कर्जा नोक्सानी व्यवस्था अघिको बैंकको संचालन नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २५.५२ प्रतिशतले वृद्धि भई ४ अर्ब ३६ करोड पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ९७ करोड ७ लाखरुपैयाँ रहेको कमाुरीको खुद नाफा आर्थिक वर्ष. २०७८/७९ मा ३०.९१ प्रतिशतले वृद्धि भई २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

    यस्ता छन् बैंकको वित्तीय योजना
    बैंकले आगामी दिनमा थप शसक्त रुपमा अघि बढ्नका लागि विभिन्न वित्तीय योजनाहरु अगाडि सारेको छ । बैंकले चालू आर्थिक वर्षमा बैंकको कर्जा तथा लगानी क्रमशः १३.०९ प्रतिशत र ६०.३४ प्रतिशतले वृद्धि गरि १८० अर्ब ३१ करोड रुपैयाँ र ३७ अर्ब ५५ करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको छ । यसैगरि बैंकको कुल निक्षेप ६.३३ प्रतिशतले वृद्धि गरी १९४ अर्ब ५४ करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको छ ।
    बैंकको खुद ब्याज आम्दानी १८.४२ प्रतिशत तथा अन्य संचालन खर्च ८.१७ प्रतिशतले वृद्धि भै क्रमशः ७ अर्ब ३६ करोड र ३ अर्ब ८४ करोड रुपैयाँ रुपैयाँ पुग्ने अनुमान बैंकको छ । बैंकको संचालन मुनाफा १७.४३ प्रतिशतले वृद्धि गरी ५ अर्ब १३ करोड पुग्ने अनुमान रहेको छ ।
    यस्तै, समीक्षा वर्षमा बैंकको निष्क्रिय कर्जा अनुपात बिगत वर्षभन्दा केहि वृद्धि भई १.११ प्रतिशतमा रहेको छ । चालू वर्षमा निष्क्रिय कर्जाहरु असुली गराउने तर्फ प्रयास भई रहेको छ । यस प्रकार चालु वर्षमा बैंकको खुद मुनाफा २८ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३० करोड २२ लाख पु¥याउने लक्ष्य कुमारी बैंकको छ ।
    यस्तै, बैंकलाई सवल र सुदृढ बनाउन बैंकको सम्पत्तीको गुणस्तर वृद्धि गर्ने र यसलाई कायमै राख्ने, बंैकको कर्मचारीहरुको उत्पादकत्व वृद्धि गर्ने, बैंकलाई नाफामुखी बनाउनुका साथसाथै ग्राहकहरुलाई सर्वसुलभ गुणस्तरीय सेवा पु¥याउने यस बैंकका योजना रहेको अध्यक्ष राणाको भनाइ छ । ग्राहकहरुको जीवन सरल र सुलभ बनाउन आधुनिक सेवा तथा सुविधाको विकास गरी वित्तीय क्षेत्रको सुधारमा योगदान पु¥याउने, वित्तीय पहुँच नभएको जनसंख्यालाई बैकिङ्क परिधिभित्र ल्याउने, साना तथा मझौला व्यवसायहरुलाई ऋण प्रदान गरी देशको समग्र आर्थिक विकासमा टेवा पु¥याउने यस बैंकको कार्य योजना बैंकको छ ।
    देशको परिस्थितिलाई मध्यनजर गर्दै थप शाखाहरु विस्तार गर्दै जाने, बैंकको उपस्थिति नभएका क्षेत्रहरुमा कुमारी मोवाईल बैंकिङ्ग, शाखा रहित बैंकिङ्ग सेवा मार्फत् बैंकिङ्ग सेवा उपलब्ध गराउने, आफ्नो प्रविधि तथा सेवालाई विस्तार गरी प्रतिस्पर्धात्मक बैंकिङ्ग सेवा उपलब्ध गराउने कार्यक्रमहरु तथा योजनाहरु बैंकले अघि सारेको छ ।

    प्रतिकृया दिनुहोस्