News Portal

  • महालक्ष्मी विकास बैंकले गर्यो दुई कलेजसँग सम्झौता

    आर्थीकसंसार संवाददाता२० कार्तिक, २०७९
    ३५३ पटक
    २० कार्तिक, २०७९

    काठमाडौं । महालक्ष्मी विकास बैंकले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्ट सँग सम्झौता गरेको छ।
    सम्झौता पत्रमा हिमालयन ह्वाइट हाउसको तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले, शुभश्री कलेज अफ म्यानेजमेन्टको तर्फबाट प्रध्यानाध्यापक मनिता ओलीले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गरेका छन्।
    उक्त सम्झौता पश्चात बैंकले कलेजका बिद्यार्थीहरुका लागि इन्टर्नसिप अवसर, जब फेयर कार्यक्रम, बैंकिंग साक्षरत कार्यक्रम , गेस्ट लेक्चर भिजिट लगायत अन्य कार्यक्रमहरु प्रदान गर्ने छ ।
    यस किसिमको सहकार्यबाट कलेजका बिद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ।

    प्रतिकृया दिनुहोस्