News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री

    आर्थीकसंसार संवाददाता१७ कार्तिक, २०७९
    ८५ पटक
    १७ कार्तिक, २०७९

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ । कम्पनीले १९ हजार ७१० कित्ता संस्थापक शेयर कम्पनीकै संस्थापक शेयरधनीहरूलाई प्रथामिकतामा राखी ३५ दिने सूचना प्रकाशित गर्दा सो समय अवधिमा कुनै पनि संस्थापकको आवेदन नपरेकाले सर्वसाधारणमा विक्रीमा ल्याएको हो ।
    उक्त शेयर खरीद गर्न इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनीको कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्